लगाम कस्दै ट्वीटर

ट्वीटरामा अरुको विरुद्धमा अफवाह फैलाउने,कसैको गालीगलौज गर्ने तथा धार्मिक भावनामाथि आघात पूराउने जस्ता नकारात्मक ट्वीटरुबाट चर्चा बटुल्नेहरुको ट्वीटर अकाउन्ट अस्थायी र स्थायी रुपमा गरिदिन कदम अघि सारेको छ ।

यसरी लगाम कस्दैछ ट्वीटर
१)एकैखाले नामबाट खोलिएका अलग अलग अकाउन्टलाई यदि कुनै थर्ड पार्टीलाई बेचिएमा ट्वीटरले त्यस्ता अकाउन्टलाई छ महिनादेखि सधै भरका लागि प्रतिबन्धित गर्न सक्नेछ ।

२)विवादित ट्वीट गरिसकेपछि कुनैपनि प्रयोगकर्ताले उक्त विवादित ट्वीट नहटाएसम्म अर्को नयाँ ट्वीट गर्न वा अरु ट्विपल्ससँग कुराकानी गर्न पाउनेछैन । ट्वीटरले प्रयोगकर्ताको ट्वीटको पहुँच पनि सिमित गरिदिनेछ ।

३)अकाउन्ट बन्द गरिसकेपछि ट्वीटरले रजिस्टर्ड फोन नम्बर वा इमेलमा प्रयोगकर्तालाई पहिचान प्रमाणित गर्न भन्दछ । सधैका लागि अकाउन्ट बन्द गरेसँगै ट्वीटर रजिस्टर्ड नम्बर वा इमेलमा त्यसको जानकारी दिन्छ । यदि सोही नम्बर वा मेल आइडीबाट अर्को कुनै ट्वीटर अकाउन्ट खोलेमा त्यसलाई पनि बन्द गरिदिन्छ ।

४)कुनैपनि प्रकारका अश्लील सामाग्रीहरु ट्वीट गर्न, आत्महत्याको लागि उक्साउन देखि लिएर आत्महत्या गर्ने प्रयास गर्ने व्यक्तिको ट्वीटर अकाउन्टमा पनि बन्देज लगाउनेछ ट्वीटरले ।

एजेन्सी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics