बुधवार खग्रास चन्द्रग्रहण लाग्ने



भोली बुधवार नेपाली समय अनुसार साँझ ५ बजेर ३२ मिनेटमा खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।

ब्राजिल, चिली तथा पश्चिमी अफ्रिकी मुलुकहरू बाहेक अधिकांश मुलुकहरूमा प्रस्ट रूपमा यो ग्रहणको प्रभाव देखिने भएको छ ।

काठमाडौँमा ५ बजेर ३६मा चन्द्रमा उदाउने भएकाले चन्द्रमा उदाउँदा उदाउँदै ग्रहण महसुस गर्न सकिने खगोलविद् जयन्त आचार्यले जानकारी दिए । नेपाल, भारत, चीन, मंगोलिया, जापान, मलेसिया, ताइवान, न्युजील्याण्ड, अष्टे«लिया, अफ्रिकाका केहि पूर्वीदेशहरु, युरोप, रसिया, तथा अलास्काबाट समेत यो ग्रहण देख्न सकिने आचार्यल बताए ।

चन्द्रग्रहण जो कोहीले पनि नाङ्गो आँखाले सजिलै नियाल्ने सकिने बताइएको छ । यो ग्रहण वृष, कन्या, तुला तथा कुम्भ राशि भएकाहरुका लागि शुभ मानिएको छ । तर मेष, मिथुन, कर्कट, सिंह, बृश्चिक, धनु, मकर र मीन राशी भएकाहरुका लागि शुभ मानिएको छैन । ग्रहणको समयमा शुभ कार्य गर्नु राम्रो नहुने धार्मिक विश्वास पनि छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics