खप्तड काव्य यात्रा २०७५

A+ A-



खप्तड–साहित्यिक पर्यटन मार्फत सुन्दर सुदूरपश्चिमको खप्तड राष्ट्रिय निकुञ्ज प्रवर्द्धन गर्ने उद्धेश्यले खप्तड काव्य यात्रा २०७५ आयोजना गरिएको छ । पर्यटनकर्मी युवाहरूको संस्था कन्सेप्ट नेपालले जेठ ६ गते खप्तड काव्य यात्रा २०७५ सुरु भएको हो ।

काव्य यात्रीले खप्तडमा तीन रात बसेर दशहरा मेला भर्नुका साथै त्यहाँका पाटन, सहस्रलिंग, खप्तड ताल, घोडा दाउने, केदार ढुँगा, त्रिबेणीधाम लगायत सम्पदा घुमफिर गरेका थिए । खप्तड काव्य यात्राको सिलसिलामा सुदूरपश्चिममा बसेर लोकसंस्कृतिमा योगदान पुर्‍याएका विशिष्ट तीन जना स्रष्टालाई कन्सेप्ट नेपालले खप्तड काव्य सम्मान प्रदान गरेको छ ।

डोटीको शैलेश्वरी मन्दिर आँगनमा कलाकार एवं पत्रकार धनबहादुर मल्ल, डेउडा गायक गोपाल पार्क र हुड्क्ली कलाकार पदम नेपालीलाई सम्मान गरियो । जनही दश हजार रुपैयाँ दिएर काव्य यात्री व्याकुल माइलाले सम्मान पत्र प्रदान गरेका थिए ।

आयोजकले लेखकहरूको यात्रा अनुभव सँगालो एउटा पुस्तक र खप्तड चिनाउने बृत्तचित्र निर्माण गर्ने जनाएको छ । काव्य यात्रामै चर्चित साइक्लिष्टहरु देवेन्द्र बस्न्यात, रञ्जन राजभण्डारी, सुदिप पौडेल र गोपाल श्रेष्ठले खप्तड क्षेत्रमा साइक्लिङ पर्यटनको सम्भावना अध्ययन गरेका छन् । खप्तड काव्य यात्राको सफलताबाट हौसिएको कन्सेप्ट नेपालले भविष्यमा रारा र सगरमाथा काव्य यात्रा गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics