देशभर आंशिक देखि सामान्य बदली हुने
- नेचर खबर
सोमबार देशभरिनै आंशिक देखि सामान्य बदली रहि थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
पश्चिमका र मध्यका थोरै स्थानहरूमा र पूर्व एक दुई स्थानमा हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको बाढी बुलेटिन अनुसार आगामी दुई दिनको मौसम यस्तो छ :
असोज २ गते (मंगलबार)
दिउँसो देशभरिनै आंशिक देखि सामान्य बदली रहि पूर्वको थोरै स्थानहरूमा र मध्य र पश्चिमको एक दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति देशभरिनै आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
असोज ३ गते (बुधबार)
दिउँसोस् देशभरिनै आंशिक देखि सामान्य बदली रहि पूर्वको थोरै स्थानहरूमा र मध्य र पश्चिमको एक दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिः देशभरिनै आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस