नेपालगन्जमा स्यालसँग जहाज ठोक्किएपछि
- नेचर खबर
 
                                                        
पहिलो पटक नेपालगन्ज विमानस्थलमा स्यालसँग जहाज ठोक्किएको छ ।यती एयरलाइन्सको एटीआर –७२ जहाज आइतबार बेलुका नेपालगन्ज विमानस्थलमा अवतरणको क्रममा स्यालसँग ठोकिएको हो ।
नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले विमानस्थलको रन–वेमा स्यालको रगत र मासुका टुक्रा देखिएपछि तत्कालै रन–वेमा दमकल लगाएर सफा गरेको जानकारी दिए ।
जहाजमा स्याल ठोक्किए पनि कुनै मानवीय क्षति भने भएको छैन । एयरलाइन्सको प्राविधिक टिमले जहाजमा कुनै क्षति नपुगेको निष्कर्षपछि जहाज राति नै काठमाडौं उडेको ठाकुरले बताए।
यस अघि धेरै पटक जहाजसँग चरा ठोक्किएको थियो तर स्याल ठोक्एिको भने यो पहिलो पटक हो ।

 
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                    
प्रतिक्रिया दिनुहोस