तीन वटा मिनरल वाटर उद्योगमा सिलबन्दी



सरकारले काठमाडौंमा रहेका तीन वटा मिनरल वाटर उद्योगमा सिलबन्दी गरेको छ।

बिहीबार अनुगमनको क्रममा मापदण्डविपरीत प्रशोधित पिउने पानी उत्पादन गरिएको पाइएपछि काठमाडौंका विभिन्न स्थानमा रहेका  कञ्चनजंगा नेचुरल मिनरल वाटर,स्नो ब्रेभरेज र सिपी मिनरल वाटर सिलबन्दी गरेकाे गरेको हो ।

प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्दे्शिका विपरीत सञ्चालनमा रहेका तीनवटै मिनरल वाटर उद्योगमा पानी उत्पादन गर्न रोक लगाइएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले जानकारी दिए।

विधिसम्मत ढंगले सञ्चालनमा नरहेका मिनरल वाटर उद्योगलाई अनुगमन टोलीले तत्काल प्रक्रिया पूरा गर्न पनि सचेत गराएको छ। सचिव जिसीले उद्योगमा दर्तासमेत नगरेका मिनरल वाटर उद्योगहरुलाई प्रक्रिया पूरा गरेर मात्रै पिउने पानी उत्पादन गर्न सचेत गराइएको पनि स्पष्ट पारे।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोली लिएर आफै मिनरल वाटर कम्पनी अनुगमनमा निस्किएका सचिव जिसीले सरकारले मानव स्वास्थ्यमाथि खेलबाड हुनेगरी खाद्यवस्तु उत्पादन गर्ने कुनै पनि उद्योगलाई कारबाहीको दायरामा ल्याउने बताए।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics