बाग्लुङमा ग्रामिण पर्यटन प्रवर्द्धन अभियान



बाग्लुङको काठेखोला गाउँपालिका वडा नम्बर ४ र ५मा ग्रामिण पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ ।

गाउँ पर्यटन प्रवर्द्धन मञ्चले गाउँघरमा भएका सुन्दरता र संस्कृतिलाई पर्यटन सँगै जोड्दै होमस्टे कार्यक्रमको विकास गर्ने उदेश्यले यो अभियान सुरु गरेको हो ।

नेपाल पर्यटन प्रवर्द्धन मञ्च ‘भिटोफ’ गण्डकी प्रदेशका अध्यक्ष तारानाथ पहारीले पर्यटन व्यवसायीलाई थप व्यवस्थित र प्रचारप्रसार गर्ने मूल उद्देश्यका साथ तीन दिने अध्ययन अवलोकन भ्रमण कार्यक्रम गरेर ग्रामिण पर्यटन प्रवर्द्धन आयोजना गरिएको बताए ।

नेपाल पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष ध्रुव सिंम्खडालको अनुसार नेपाल सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउन नयाँ गन्तव्यको पहिचान र प्रवर्द्धनले नेपाल भ्रमण वर्षलाई सहयोग पु¥याउने यसले सहयोग गर्नेछ ।

आन्तरिक पर्यटनका दृष्टिले वाग्लुङ जिल्ला एक आकर्षक गन्तव्य भएको बताउँदै उनले यस किसिमका कार्यक्रमले समग्र पर्यटनमा महत्त्वपूर्ण टेवा पुग्ने सिंम्खडाले बताए ।

पर्यटन प्रवर्द्धनसँगै मध्य पहाडी लोकमार्ग र कालिगण्डकी कोरीडरको संंगममा अवस्थित बाग्लुङका कालिका मन्दिरबाट पश्चिमी क्षेत्रका भकुन्डे, गाजादह,झुलेनीको धुरी, संसारकोटको धुरीलगायतका स्थलको पनि सँगसँगै प्रचारप्रसार एवं विकास हुने विश्वास आयोजकको छ ।

कार्यक्रममा होमस्टेको औपचारिक रूपमा उद्घाटन गर्दे गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले होमस्टेबाट गाउँको पर्यटन प्रवर्द्धन हुने व्यक्त गरे । मन्त्री लम्सालले देशको प्रकृति र संस्कृति लाई प्रयोग गरेर समृद्धिको बाटोमा लैजानुपर्नेमा जोड दिए ।

शिवधुरी बाग्लुङ जिल्लाको धार्मिक एवं सांस्कृतिक रूपमा पनि अत्यन्तै महत्वपूर्णस्थल मानिन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics