जेब्रा क्रसिङ माग्दै प्रदर्शन



राजधानिमा जेब्रा क्रसिङ माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन् । काठमाडौंमा सवारीको चाप दिनदिनै बढीरहेको अवस्थामा जेब्रा क्रसिङ र ट्राफिक लाइटको उपयुक्त व्यवस्था नहुँदा समस्या भएको भन्दै युवाहरुले प्रदर्शन गरेका हुन ।

पैदल यात्रुलाई बाटोमा हिड्न सहज वातावरण हुनुपर्ने माग गर्दै महानगरीय ट्राफिक प्रहरी, स्काउट र प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले युवा समुहको सहकार्यमा यस्तो प्रदर्शनी गरेको हो ।
प्रदर्शनीमा युवाहरुले सडक दुर्घटनाबाट हुने क्षति, अबको आवश्यकता जेब्रा क्रसिङ, पैदलयात्रुलाई सम्मान गरौँ, अपांग असहाय र बृद्धबृद्धालाई पैदल हिँड्न सहज वातावरणको सिर्जना गरौँ भन्ने विचार प्रस्तुत गरेका थिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ०६९ देखि ०७२ सम्मको सडक दुर्घटनाबाट मृत्युहुने कुल संख्याको ४२ प्रतिशत पैदल यात्रु छन् । महाशाखाको पछिल्लो तथ्यांक अनुसार ०६९ देखि हालसम्म २ सय ५८ जना पैदलयात्रुले ज्यान गुमाएका छन् । अधिकांश दुर्घटना बाटो काट्ने समयमा हुने गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी विभागका डीएसपी सविन प्रधानले भने ‘सडक दर्घटनामा अधिकांश पैदलयात्रुको मृत्यु बाटो काट्दा नै हुने गरेको छ । जेब्रा क्रसिङ पर्याप्तमात्रामा नहुँदा जताततैबाट बाटोकाट्दा यस्तो समस्या आएको हो ।’
उपत्यकामा अहिलेपनि सवारी साधन प्रयोग गर्ने यात्रुभन्दा पैदल यात्रुको संख्या नै बढी रहेको छ । त्यसकारण पनि हमीले संरचना निर्माण गर्दा हामीलाई उपयुक्त हुने किसिमको बनाउनुपर्ने युवा स्वयंसेवीहरुले बताएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics