मकालु आधार शिविरमा यतिको पाइला
- नेचर खबर
नेपालको मकालु हिमालको आधार शिविरमा रहस्यमय हिममानव ‘यति’ को (फुटस्टेप) पाइला भेटिएको दाबी भारतीय सेनाले गरेको छ ।
भारतीय सेनाले आफ्नो आधिकारिक ट्विटरमा यतिको पाइलाहरू दाबी गरिएको फोटोसमेत पोस्ट गरेको हो ।
जसमा यतिको पदचिन्हको लम्बाई ३२–१५ इन्च रहेको छ ।
भारतीय सेनाका अनुसार पहिलो पटक मकालु आधार शिविरमा यतिको पद चिन्ह भेटिएको दाबी गरेको छ । उनीहरूले उक्त पदचिन्ह अप्रिल ९ मा खिचिएको दाबी गरेका छन्।
१८ जना रहेको भारतीय सेनाको आरोहण टोली ९ अप्रिलमा मकालु हिमालको आधार शिविरमा पुगेको थियो। नेपालको खुम्बु र चीनको तिब्बत सिमामा पर्ने मकालु हिमाल संसारको ५औं र नेपालको चौथो अग्लो हिमाल हो।यसको उचाई ८ हजार ४ सय ८१ मिटर छ।
विगत ४ शताब्दीदेखि हिमाली क्षेत्रका दैत्यको रुपमा समेत चिनिने हिम मानवको खोजी भइरहेको छ। मिथकका रुपमा रहेको हिम मानवको अतित्व रहेको अहिलेसम्म प्रमाणित गर्न सकिएको छैन।
प्रतिक्रिया दिनुहोस