रेडपान्डाको छाला सहित एक जना पक्राउ
- नेचर खबर
 
                                                        
रेडपान्डाको छाला सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मुड्केचुला गाउँपालिका –३ बस्ने ३६ वर्षीय जग बहादुर थापा रहेका छन्।
लोपोउन्मुख रेडपाण्डाको छाला लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कालिकाबाट खटिएको प्रहरीले निजको घर तलासी गर्दा १ थान छाला सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस