चितुवाको छाला सहित पक्राउ


बाराको जीतपुरबाट चितुवाको छाला तथा दाँत सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका २ तीनकुने बस्ने ३२ वर्षका सोमबहादुर गोले रहेका छन् ।

गोलेको साथबाट लोपोन्मुख जंगली जनावर चितुवाको रौंसहितको सुकेको छाला र ४ वटा दाँत फेला पारेको दाबी प्रहरीले गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले उनलाई जितपुरसिमरा उपमहानगपालिका ७ जितपुर बजार चोकबाट पक्राउ गरेको थियो ।

गोलेलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय सिमरा बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics