मनसुन अर्को साता
- नेचर खबर
 
                                                        
नेपालमा मनसुन अर्को साता देखि मात्रै भित्रिने जल तथा पूर्वानुमान महाशाखाले जनाएको छ। सामान्यतया नेपालमा मनसुन जुन १० का दिन भित्रिने गथ्र्याे भने यो वर्ष एक साता पछि मात्रै भित्रिने भएको छ ।
महाशाखाका अनुसार मनसुन आउने क्रममा छ। मनसुनले भारतको केरला छोयो,अब यो बिस्तारै नेपाल भित्रने छ।मनसुन अघि बनेको प्रि मनसुनले भने अझै आकाश छोडेको छैन । प्रि मनसुन र हिउँदे वर्ष पश्चिमी वायुको प्रभावमा नेपालमा रहन्छ । तर मनसुन दक्षिणपूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित गरेपछि मात्र नेपालमा सुरु हुन्छ ।
मौसमविद् समीर श्रेष्ठका अनुसार मनसुन नेपालको झापा र मोरङ छुन्छ त्यसपछि मध्य क्षेत्रमा मनसुन पस्छ । उनको अनुसार नेपालमा आउने मनसुनको सुरुवात भने अफ्रिकी क्षेत्रमा हुन्छ।
अफ्रिका स्थित हिन्द महासागरमा मनसुन सिर्जना भएपछि सोमालिय हुँदै पूर्वी दिशाबाट मालदिभ्स र श्रीलङका पुग्छ। त्यहाँबाट बङगालको खाडी हुँदै भारतको केरलाको बाटो यस वर्ष मनसुन नेपाल आउन लागेको श्रेष्ठले बताए।
यस बेला दक्षिणतिर बहिरहेको पश्चिमी वायु उत्तरतिर सर्छ श्रेष्ठले भने त्यस स्थानमा भारतको मध्य क्षेत्रमा उत्पन्न भएको न्यून चापिय वायुका साथै पाकिस्तान र बङगालको खाडीमा उत्पन्न उच्च चापीय वायु फैलिएर बस्छ।
जलवाष्पयुक्त उच्च चापीय वायुको उच्च बहावसँगै मनसुन भित्रिने गर्छ ।
यस वर्ष पूर्वी भेगमा कम पानी पर्ने र पश्चिममाऔसत पानी पर्ने पूर्वानुमान यस वर्षको मनसुन फोरमले गरेको छ।

 
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                    
प्रतिक्रिया दिनुहोस