सबैभन्दा धेरै कर्णाली प्रदेशमा रोपाइँ



चालु आर्थिक वर्षमा सबैभन्दा धेरै धान रोपाई कर्णाली प्रदेशमा भएको छ ।कृषि मन्त्रालयका अनुसार यो वर्षमा सबैभन्दा बढी धान रोपाई कर्णाली प्रदेशमै भएको हो । असार २२ गतेसम्म कर्णाली प्रदेशमा ५१.४२ प्रतिशत धान रोपाइँ भएको मन्त्रालयले सार्वजनिक गरेको छ।

हिमाली क्षेत्रमा मनसुन छिटो सक्रिय हुने भएकोले कर्णाली प्रदेशमा अन्य प्रदेशको तुलनामा धेरै धान रोपाई भएको वाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख सबनम सिवाकोटीले बताइन्।

मन्त्रालयका तथ्याङ्क अनुसार सबै भन्दा धेरै धान रोपाइँ कर्णाली प्रदेशमा भएको छ । सबै प्रदेशमा यो वर्ष गत वर्षभन्दा कम रोपाई भएको छ ।गत आर्थिक वर्ष भन्दा कर्णाली प्रदेशमा ६५.८८ प्रतिशत धान रोपाइँ भएको थियो । कर्णाली प्रदेशमा १४.४६ गत वर्ष भन्दा कम धान रोपाइँ भएको छ।

त्यसै गरी सबै भन्दा कम धान रोपाइँ प्रदेश नम्बर २ मा भएको छ । जसमा हाल सम्म १०.२५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । गत वर्ष यस प्रदेशमा यही समयमा ५३.५७ धान रोपाइ भएको थियो।

त्यस्तै सुदूर पश्चिम प्रदेशमा ४४.४१ धान प्रतिशत रोपाइँ भएको छ। गत वर्ष यस प्रदेशमा ८० प्रतिशत धान रोपाइँ भएको थियो । यसै गरी

प्रदेश ५ मा २९.५१ प्रतिशत रोपाई भएको छ । गत वर्ष यस प्रदेशमा ५६.१८ प्रतिशत धान रोपाइँ भएको थियो ।गण्डकी प्रदेशमा २८.५३ प्रतिशत धान रोपाई भएको छ। गत वर्ष यस प्रदेशमा ७२.२५ प्रतिशत धान रोपाइँ भएको थियो।

प्रदेश नम्बर ३ मा २०.९९ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस क्षेत्रमा ४६.९३ प्रतिशत धान रोपाइ भएको थियो।प्रदेश नम्बर १ मा १८.४५ प्रतिशत रोपाइँ भएको छ ।गत वर्ष यस क्षेत्रमा ४१.५९ प्रतिशत धान रोपाइँ भएको थियो।

मुलुकभर २४ प्रतिशत मात्र धान रोपाइँ

कृषि मन्त्रालयका अनुसार असार २२ गतेसम्म २३.७४ प्रतिशत मात्र धान रोपाइँ भएको हो।

गत आर्थिक वर्ष वर्ष असार २२ गते सम्ममा ५२.९५ प्रतिशत रोपाइँ भएको थियो। गत वर्षको तुलनामा यो वर्ष २९ प्रतिशतले कम धान रोपाइँ भएको छ । सिवाकोटिल भनिन् मनसुन ढिलो भित्रिएकोले यो वर्ष ढिलो रोपाई भएको हो।

यो वर्षमा उच्च पहाडी क्षेत्रमा सबैभन्दा बढी धान रोपाइ भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार हालसम्म उच्च पहाडमा ३४.६४ प्रतिशत धान रोपाइँ भएको हो । गत वर्षको असार २२ सम्ममा ६१.६५ प्रतिशत धान रोपाइँ भएको थियो ।

त्यस्तै मध्य पहाडमा ३१.१५ प्रतिशत धान रोपाइँ भएको पाइएको छ । गत आर्थिक वर्षको यही समयसम्ममा ५५.६१ प्रतिशत धान रोपाइँ भएको थियो।

यस्तै तराइमा यो पटक सबैभन्दा थोरै धान रोपाइ भएको छ । असार २२ गतेसम्ममा तराइमा २०.६१ प्रतिशत मात्र धान रोपाइँ भएको हो । गत वर्षको २२ गतेसम्ममा ५१.५८ प्रतिशत धान रोपाइँ भएको तथ्याङ्कले देखाएको छ ।

समयमा  प-र्याप्त पानी नपरेको कारणले धान रोपाइँमा कमी आएको कृषि मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार नेपालको अधिकांश रोपाइँ मनसुनमा आधारित छ । त्यस्तै ६० प्रतिशत धान खेती हुने जमिन मनसुनकै भरमा छ । ४० प्रतिशत हेक्टर जमिनमा भने सिँचाइ सुविधा पुगेको छ।

धान नेपालको प्रमुख खाद्य बाली हो । कृषिको कुल गार्हस्थ उत्पादन २७ प्रतिशतमध्ये धानको २० प्रतिशत योगदान रहन्छ । चालू आर्थिक वर्ष २०७५र०७६ मा कुल ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । तर, आगामी बर्षभने रोपाइँ कम हुने भएकाले उत्पादन घट्ने देखिन्छ । धान उत्पादन राम्रो हुँदा मुलुकको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) मा १ प्रतिशत बढ्ने गर्छ ।

सागर बम्जन

प्रतिक्रिया दिनुहोस

web
analytics