स्लाइन पानीले पनि बाँचेन बाघ
- नेचर खबर
 
                                                         बर्दिया राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको मान्छे खाने पाटे बाघलाई स्लाइन पानी दिएर पनि बचाउन नसकिएको निुकञ्जले जनाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको मान्छे खाने पाटे बाघलाई स्लाइन पानी दिएर पनि बचाउन नसकिएको निुकञ्जले जनाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अरु भाले बाघहरुसँग जुधेर शरिर भरि नै घाउहरु थियो । उनले भने, ‘बाघ बुढो भइसकेर अन्तिम अवस्थामा थियो । औषधी उपचार गरियो, घाउमा मलम लगायौं ,  स्लाइन पानी दियौं र अन्य उपचार गरेर बच्चाउन धेरै प्रयास गरौं तर बच्चाउन सकिएन । ’
निकुञ्जले नियन्त्रणमा लिएको मान्छे खाने पाटे बाघ बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रमै मरेको हो । ठाकुरबाबा नगरपालिका-१ भुरिगाउँका ७० वर्षीय पहारीया थारुलाई पाटेबाघले घरमै आक्रमण गरेको थियो।
भुरीगाउँमा थारु माथी आक्रमण गर्ने बाघ फेला परेको थियो। मध्यवर्ती क्षेत्रमा आक्रमण गरेको पाटेबाघ निकुञ्जले डार्ट मार्फत बेहोस बनाएर नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
बाघको आक्रमणबाट मृत्यु भएको परिवालाई आन्तरिक स्रोत मार्फत ५० हजार रुपैँया कृया खर्च दिऐको निकुञ्जले जनाएको छ । कागज पत्रको पक्रिया पुरा भएपछि वन्यजन्तुबाट हुने क्षतीको राहत सहयोग निर्देशिका अनुसार १० लाख रुपैँया दिइने निकुञ्जले जनाएको छ ।
मध्यवर्ती क्षेत्रका स्थानीय बन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाउनेको  संख्या  बढेपछि चिन्तीत भएका  छन्।
बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार चालु आर्थिक वर्ष २०७६-७७ बर्दियामा बाघको आक्रमणबाट ४ जनाको मृत्यु भएको छ जसमा मध्यवर्ती क्षेत्रमा दुईजना र जिल्ला वन कार्यलयको क्षेत्रमा दईजना रहेको छ । पछिल्लो तथ्यांक अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा पाटे बाघ छन् ।

 
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                    
प्रतिक्रिया दिनुहोस