लोपोन्मुख गिद्ध घाइते अवस्थामा भेटियो



सिराहाको सखुवानन्कारकट्टी गाउँपालिकास्थित महेशबारीमा लोपोन्मुख गिद्ध मंगलबार बिहान घाइते अवस्थामा फेला परेको छ ।

इलाका प्रहरी कार्यालय महेशबारीले घाइते अवस्थामा फेला पारेको सो गिद्ध डिभिजन वन कार्यालय लहान सिरहालाई बुझाइएको जनाएको छ ।

गम्भीर घाइते अवस्थामा भेटिएको गिद्धलाई डिभिजन वन कार्यालय सिरहामा राखिएको र औधषाी उपचार गरिने डिभिजन वन अधिकृत सुभाषचन्द्र दासले जानकारी दिए ।बिजुलीको तारमा करेन्ट लागेर घाइते भएको हुनसक्ने स्थानीयवासीले बताएका छन् ।

लोपोन्मुख गिद्ध धेरै दिनपश्चात् देखापरेपछि गिद्ध हेर्न वन कार्यालयमा घुइँचो नै लागेको प्रमुख दासले बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics