चैत २५ सम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय



सरकारले कोरोना भाइरस कोभिड(१९) को संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि चैत २५ गते सम्म थप गरेको छ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस मन्त्रिपरिषदबाट निर्णय भएको हो ।

मन्त्रिपरिषद्को भर्खर सकिएको बैठकले २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

१० चैतमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics