चीनको सेन्जेनमा कुकुर र बिरालेको मासु प्रतिबन्ध
- नेचर खबर
 
                                                        
चीनको सेन्जेनमा कुकुर र बिरालेको मासु  खान प्रतिबन्ध गरिएको छ ।कुकुर र बिरालोको मासुको बिक्री तथा उपभोग प्रतिबन्ध लगाउने चीनको सेन्जेन पहिलो सहर बनेको  छ। विश्व नै यतिबेला कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेला यसको प्रभाव ककुर र बिरालाको मासुसँग पनि जोधिएको छ ।  
कोरोनाभाइरस जस्तो भविष्यमा आउने प्रकोपलाई मध्यजर गदैं  सेन्जन सहरमा कुकुर र बिरालोको मासु व्यापार र खपत प्रतिबन्ध गरिएको हो । सेन्जेनले कुकुर र बिरालाहरू प्रतिबन्ध नयाँ कानून  मे  १ देखि  कार्यान्वयन  हुनेछ । चीनको सेन्जेनमा कुकुर र बिरालेको मासु प्रतिबन्धसँगै मानव सभ्यताको मागलाई  पूरा गरेको महसुस गर्न सकिन्छ । 
ह्युमान सोसाइटी इन्टरनेसनल (एचएसआई) का अनुसार मासुका लागि एसियामा वर्षमा तीस करोड कुकुर मारिन्छन्। अहिले पनि विश्वको धेरै देशमा कुकुरको  मासु खाने प्रचलन बढ्दो छ । 
बजारी प्रभाव 
चीनमा फेबु्रअरीमा चिनियाँ अधिकारीहरूले जंगली जनावरहरूको व्यापार र खपत प्रतिबन्ध लगाएको थियो । जंगली जनावरहरू र वन्यजन्तुको मासु बेच्ने वुहानको बजार नयाँ कोरोना भाइरसको प्रकोपको लागि सुरुवात बिन्दुको रुपमा विश्वभर नै चर्चा चलेको छ । 
वुहानमा जंगली मासु र वन्यजन्तुको मासु सेवनको माध्यमबाट कोरोना भाइरस सुरुवात भएको हुन सकिने अनुमान छ । जंगली  र वन्यजन्तुकोे मासु सेवनसँग कोरोना भाइरस जोधिएपछि फेबु्रअरी महिनाभरी जंगली जनावरहरूको सरकारले कडाईको साथ व्यापार र खपत प्रतिबन्ध लगाइएको थियो । 
अधिकारवादी संस्थाहरूले कुकुर बिरालोको मासुमा प्रतिबन्ध लगाउने चीनको सेन्जेन सहरको निर्णयलाई स्वागत गरेका छन्।
सेन्जेन सहरमा कुकुर बिरालोको मासुमा प्रतिबन्ध लगाउने सह्रानीय कामका बाबजुद चीनले कोरोना संक्रमित बिरामीहरूको उपचारमा भालुको पित्तको प्रयोग गर्ने अनुमति दिएको छ । चीनमा भालुको पित्तलाई पत्थरी तथा कलेजोको रोगलगायतमा समेत प्रयोग गरिन्छ ।
विश्वभरी भाइरसको लगभग १० लाख पुष्टि भएका र ४७ हजार  भन्दा बढीको मृत्यु भएको जोन हपकिन्स युनिभर्सिटीले जनाएको छ।चीनमा  ८१ हजार ५ सय ८९ जनालाई कोरोना भाइरस पुष्टि भएको र  तीन हजार तीन सय १८ जनाको मृत्यु भएको नेशनल हेल्थ कमीशनले जनाएको छ । वैज्ञानिकहरू र अनुसन्धानकर्ताहरू भाइरसको स्रोत के हो र यो मानवमा कसरी फैलिएको हो भनेर पत्ता लागिसकेको छैन । 
बीबीसीबाट अनुवाद 

 
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                    
प्रतिक्रिया दिनुहोस