हात्तीडाँडामा वृक्षारोपण (फोटो फिचर)

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ स्थित हात्तीडाँंडामा लकडाउनको समयमासमेत सामाजिक दूरी कायम गर्दै वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । हात्तीडाँंडा समाजको अगुवाइमा स्थानीय बासिन्दाको उपस्थितीमा मंगलबार बिहान बस्तीमा रहेको सार्वजनिक जग्गाको संरक्षण गर्ने र हरियाली कायम गर्ने उद्देश्यले सरसफाइ तथा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ ।

समाजले सो सार्वजनिक स्थल संरक्षणका लागि लामोसमयदेखि पहल कदमी लिइरहेको छ । यसअघि पनि सो स्थानमा वृक्षारोपण गरी हयाली प्रवद्र्धन गरिएको थियो । सार्वजनिक जग्गा कब्जा गर्ने क्रम तिब्र भइरहेको बेला समाजको यो पहलले स्थानीय बासिन्दालाई थप आशावादी बनाएको छ ।
हात्तीडांडा समाजले सरकारले लागू गरेको लड डाउनलाईसमेत पूर्ण रुपमा पालना गराउन विभिन्न सुरक्षात्मक कदमहरु अपनाउदै आइरहेको छ । समाजले यो क्षेत्रकै उत्कृष्ट, बैज्ञानिक र सुरक्षित बस्ती निर्माणका लागि विभिन्न निकायसंग समन्वय गरी विभिन्न विकास निर्माणका काम गर्दै आएको छ ।

वृक्षारोषण तथा सरसफाई गर्दै स्थानीय बासिन्दा




 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics