नेफेजको वातावरण पत्रकारिता पुरस्कार पत्रकार बमलाई
- नेचर खबर
 
                                                         नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार नेपाल साप्ताहिकका सम्वाददाता यम बमलाई प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार नेपाल साप्ताहिकका सम्वाददाता यम बमलाई प्रदान गर्ने निर्णय गरेको छ ।
पुरस्कार स्वरुप उनलाई २५ हजार रुपैयाँ र प्रमाण–पत्र प्रदान गरिने छ ।
समूहले प्रत्येक वर्ष जुन महिनाको ५ तारिख विश्व वातावरण दिवसको अवसरमा सन् २०१९ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाईनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकताका आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।
पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०१९ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो।
समूहका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार तीर्थ कोइराला संयोजक, पूर्व महासचिव तथा पत्रकार बद्री पौड्याल र विज्ञ सदस्य तथा वातावरणविद् बटुकृष्ण उप्रेती रहेको छनौट समितिले मूल्याङ्कनका लागि प्राप्त सामग्रीहरुको मूल्यांकन गरेको थियो ।
ग्रामीण विकासमा स्नातक बम नेपाल साप्ताहिकमा संवाददाताका रुपमा कार्यरत छन् । समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार’ पाउने उनी ३३ औँ पत्रकार हुन् ।

 
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                    
प्रतिक्रिया दिनुहोस