सालकको खपटा सहित पक्राउ
- नेचर खबर
 
                                                        
संरक्षित वन्यजन्तु सालकको खपटा सहित प्रहरीले भक्तपुरमा तीनजनालाई पक्राउ गरेको छ । सालकको खपटा सहित प्रहरीले तीनजनालाई मंगलबार पक्राउ  गरेको हो ।
पाँच केजी तीन सय ग्राम खपटा अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न लागेको अवस्थामा केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) पिलर ४ मार्फत तीनजना पक्राउ परेका थिए । पक्राउ हुनेमा रापेछापका लाल तामाङ, सिन्धुलीमा कपिल बस्नेत र रापेछापका ज्ञान बहादुर तापाङ रहेका छन् ।
सालक सिआइटिईएस महासन्धी १९७५ को अनुसुची १ अनुसार लोपोन्मूख प्रजातिकोसूचीमा सुचीकृत जनावर हो ।
सालकको ओसारपसार र बिक्रीवितरण गरेराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन(२०२९ को दफा २६ ९१० र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन,२०७३ कोदफा २१ ९१० कमा भएको व्यवस्था बमोजिम कारवाहि हुने कानुनी प्रावधान रहेको छ।
ऐन अनुसार सालक मार्ने,आखेटोपहार राख्ने,खरिद बिक्री गर्ने वा ओसार पोसार गर्नेलाई पाँच लाखदेखि दश लाख रूपैयाँसम्मजरिवाना वा ५ बर्षदेखि १५ वर्ष सम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ।

 
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                    
प्रतिक्रिया दिनुहोस