बाँदरलाई शिकार गर्दा आफ्नै ज्यान गर्यो
- नेचर खबर
 
                                                         बाँदरको शिकार खेल्न जंगल गएका एक राउटे किशोरको भीरबाट लडेर मृत्यु भएको छ।
बाँदरको शिकार खेल्न जंगल गएका एक राउटे किशोरको भीरबाट लडेर मृत्यु भएको छ।
सुर्खेतको चिङ्गाड गाउँपालिकाको मेटलामा मङ्गलबार १६ वर्षीय टेकराज शाहीको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो।
राउटेहरुमा समुदायका कुनै सदस्यको मृत्यु भएमा बसाइँ सर्ने प्रचलन छ। हाल यो समुदाय चिङ्गाड गाउँपालिका–५ मा पर्ने मेटलाखोला किनारमा छ । जङ्गलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायको सङ्ख्या १४५ रहेको छ ।

 
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                    
प्रतिक्रिया दिनुहोस