चरिबाघको छाला सहित पक्राउ
- नेचर खबर
 
                                                        
संरक्षित वन्यजन्तु चरिबाघको २ थान छाला (ओखेटोपहार) सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । टोखा नगरपालिका-७ धापासीबाट संरक्षित वन्यजन्तु चरिबाघको ताप्लेजुङ फुङ्लिन नगरपालिका(८ बस्ने ३१ वर्षीय कमल प्रसाद सुनुवारलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि परिचालित प्रहरीले कमललाई उक्त चरिबाघको छाला अवैध रुपमा ओसार(पसार तथा किनबेच गर्न लागेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो ।
कमललाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, काठमाडौं पठाईएको उक्त ब्यूरोले जनाएको छ ।

 
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                                                             
                    
प्रतिक्रिया दिनुहोस