सिधा उठाएर हिँड्ने सोहश्राद्धको बाहुन जस्तो भएको छु – मन्त्री किराँती
- नेचर खबर
काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुन जस्तो भएको बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले सांसद हुँदा मन्त्री बनेपछि ठूलाठूला काम मात्रै गर्नुपर्ने र फुर्सद मिल्ने अनुमान गरेपनि मन्त्री बनेपछि झनै कामको चाप बढी हुने अनुभव गरिरहेको बताए। मन्त्री बनिसकेपछि आफू सिधा उठाएर हिँड्ने सोहश्राद्धको बाहुन जस्तो भएको उनको भनाइ थियो।
उनले भने,’म यो देशमा १० वर्ष सांसद भएर बिताइसकेको छु। मलाई लाग्थ्यो सांसद हुँदाखेरि म धेरै सानो सानो काममा हिँड्थेँ । यतिसम्मकी मान्छेहरूको बसको टिकटमा समस्या समेत पुग्थेँ, अनि लाग्थ्यो मन्त्री भएँ भने फुर्सद हुन्छ होला। ठूलोठूलो काम गर्नुपर्छ, ठूलो काम थोरै हुन्छ, अलि फुर्सद हुन्छ होला जस्तो लाग्थ्यो । तर म मन्त्री भएको ६५ दिन हाराहारी हुँदैछ। लाग्छ म त सोह्रश्राद्धको बाहुन जस्तो भएँ। हतारहतार सिधा उठाएर हिँडिहाल्नुपर्ने। त्यसको निम्ति म क्षमाप्रार्थी छु। अन्तिमसम्म कार्यक्रममा बस्न सकिनँ।’
साथै उनले प्रेम गर्न नजान्नेले देश चलाउन नसक्ने बताएका छन्। ‘मानिसको प्राचिन विधा गीत, संगीत हो। प्रेमगीत त आमाबाट सिर्जित भयो। राजनीतिज्ञ र क्रान्तिकारीहरु झनै धेरै प्रमी हुन्छ। जसले प्रेम गर्न जान्दैन, त्यसले त देश पनि चलाउन जान्दैन। तर गीत जस्तो जीवन हुँदैन। जीवन र गीतको व्यवहारिक तालमेल धेरै टाढा छ।’ उनले भने।
प्रतिक्रिया दिनुहोस