उपत्यका आसपासका डांडामा हिउँं



गत बिहीबारदेखि देशेभरी परेको पानीले जनजीवन प्रभावित बनाएको छ । दुई भएको वर्षासंगै काठमाडौं उपत्यका आसपासका डांडामा हिउँं परेको छ । उपत्यका आसपासका दामन, फूलचोकी, चन्द्रागीरी लगायतका स्थानमा हिउँ परेको छ । हिउं परेपछि त्यसतर्फ जाने आन्तरिक पर्यटकको संख्या बपनि बढिरहेको स्थानीय वासिन्दाले जनाएका छन् । आइतबार दिउसोबाट मौसम खुलेको छ । जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, दुई दिनपछि मौसम पुन धुम्मिने
र साताको अन्त्यतीर हल्का वर्षा हुनसक्ने  छ ।

यस वर्ष हिउँदको समयमा पानी कम परेको छ । फागुनको अन्तिम सातामा पानी परेपनी यसबाट अधिकांश किसानलाई फाइदा पुगेको छ । वर्षाका कारण किसानको हिउँदेबाली सप्रने छ भने यो समयको वर्षाले नयाँ बाली लगाउन समेत किसानलाई सहयोग पुग्नेछ ।

पश्चिमी र दक्षिणी वायुको प्रभावका कारण  मौसममा बदली आएपछि नेपालको उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात समेत भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हिमपातका कारण उच्च पहाडी र हिमाली जिल्लाको जनजीवन बढी प्रभावित भएको छ । मध्यपश्चिमका मुगु, कालीकोट, जुम्ला हुम्ला, रोल्पा, रुकुममा बाक्लो हिमपात भएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics