पृथ्वीमा कति प्रजातिका रूख होलान् ? वैज्ञानिकहरू भन्छन्, ‘४३ प्रतिशत प्रजाति लोप भए’



काठमाडौं – पृथ्वीमा रूखको प्रजाति संख्या कति होला ? अनुसन्धानकर्ता भन्छन्, ‘पहिले सोचिएकोभन्दा १४ प्रतिशत बढी भएको छ ।’ विश्वसनीय वैज्ञानिक आकलनका आधारमा त्यो निष्कर्षमा पुगिएको उनीहरूको भनाइ छ ।

अनुमानित ७३,३०० प्रजातिमध्ये अनुसन्धानकर्ताहरूले ९,२०० प्रजातिका रूखहरू अझै पत्ता लाग्न बाँकी भएको बताएका छन् । तर, उष्णप्रदेशीय वनका धेरै दुर्लभ प्रजातिहरू जलवायु परिवर्तन र वनविनाशका कारण तीव्र रूपमा लोप भइरहेका छन् ।

यो अध्ययन संसारभरिका एक लाखभन्दा बढी वन क्षेत्रमा रहेका लाखौँ रूखहरूको तथ्याङ्कमा आधारित छ । अनुसन्धानकर्ताहरूले तथ्याङ्कशास्त्रका पद्धतिहरू प्रयोग गरेर रूखका प्रजातिको सङ्ख्या अनुमान गरेका थिए । यस क्रममा अहिले विद्यमान तथ्याङ्कका कमजोरीहरू पनि सच्याइएको थियो ।

उक्त अध्ययनको निष्कर्षले पृथ्वीको यस अद्भुत जैविक स्वरूपलाई जोगाउन थप कदम आवश्यक रहेको देखाएको थियो । खाना, काठपात तथा औषधिका लागि प्रयोग हुने रूखहरूले जलवायु परिवर्तन न्यूनीकरण गर्न वायुमा रहेको कार्बन डाईअक्साइड सोस्ने गर्छ ।

सेन्ट पाउलस्थित मिनिसोटा विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता डा. पिटर राइसका अनुसार यो अध्ययनको परिणामले विश्वभरि विभिन्न प्रजातिका रूखहरू जोखिममा रहेको देखाएको छ । उनले भने, “हामीसँग उपलब्ध तथ्याङ्कले रूखका प्रजातिहरू कहाँ चाहिँ बढी जोखिममा छन् भन्ने मूल्याङ्कन गर्न सहयोग गर्छ ।’ उनले थपे, ‘दक्षिण अमेरिका, अफ्रिका, एशिया र ओशेनियाका उष्णप्रदेश र उपोष्णप्रदेश त्यस्ता ठाउँ हुन् जहाँ हामीले ज्ञात तथा अज्ञात दुर्लभ प्रजातिका रूखहररू फेला पारेका थियौँ । यी क्षेत्रहरूको बारेमा थाहा पाउनुले सम्भवतः भविष्यमा गरिने संरक्षणका कदमहरूलाई प्राथमिकीकरण गर्न सघाउ पु¥याउनेछ ।’

लोप भएका रूखका प्रजातिहरूको सङ्ख्या दक्षिण अमेरिका महाद्वीपमा धेरै देखिएको अनुसन्धानले देखाएको छ । त्यहाँ कुल सङ्ख्याको ४३ प्रतिशत प्रजाति लोप भएका हुन् । त्यस्तै युरेशियामा २२ प्रतिशत, अफ्रिकामा १६ प्रतिशत, उत्तर अमेरिकामा १५ प्रतिशत र ओशियानामा ११ प्रतिशत छन् ।

विविधायुक्त प्राकृतिक जङ्गलहरू निकै स्वास्थ्यकर र उत्पादनशील हुन्छन्। ती वैश्विक अर्थतन्त्र र प्रकृतिका लागि पनि महत्त्वपूर्ण छन् । रूखका अधिकांश प्रजातिहरू उष्णप्रदेशीय देशहरूमा पाइन्छन् ।

उक्त अध्ययनमा विभिन्न देशका १४० भन्दा बढी अनुसन्धानकर्ताहरू संलग्न थिए । अक्सफर्ड विश्वविद्यालयका डा. यादविन्दर माल्हीले ‘उष्णप्रदेशीय जङ्गलहरू जैविक विविधताको खजाना’ भएको र तिनले वातावरणमा भएको कार्बन डाईअक्साइड उल्लेख्य मात्रामा सोसेर वैश्विक तापमानवृद्धि कम गर्न प्रमुख भूमिका निर्वाह गर्ने बताए । भने, ‘यस अध्ययनले उष्णप्रदेशीय जङ्गलहरूमा रूखका प्रजातिहरू हामीले पहिले सोचेभन्दा निकै बृहत् र विविध रहेको देखाएको छ ।’
–एजेन्सीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics