चन्द्रमाको दुर्लभ दृष्य, जसले विश्वका मानिसको ध्यान तान्यो (फोटो फिचर)
- नेचर खबर
काठमाडौं – सन् २००९ यता पहिलोपटक देखिएको दुर्लभ खगोलीय घटना ‘ब्लू सुपरमून’ मा देखिएको चन्द्रमाको अभूतपूर्व दृश्य खगोलविद्, आकाशीय पिण्डहरूको गतिविधिमा रूचि राख्नेहरू लगायत विश्वभरिका मानिसहरूले हेरेका छन् ।
एक वर्षभरिको समयमा सामान्यतया १२ वटा पूर्ण चन्द्र देखिनेको प्रकृयाभन्दा थप जब १३ वटा पूर्ण चन्द्र देखिन्छ त्यस्तो चन्द्रमालाई ‘ब्लू मून’ भनिन्छ । त्यस्तो ‘ब्लू मून’ प्रकृयाको चन्द्रमा सामान्यभन्दा धेरै चम्किलो देखियो भने त्यसलाई ‘सुपर ब्लू मून’ भनिन्छ ।
पृथ्वीको वरपर घुम्ने त्यो उपग्रह आफ्नो परिक्रमा कक्षमा पृथ्वीसँगको सबैभन्दा नजिक विन्दूमा रहेका बेला अरूबेला भन्दा बढी चहकिलो र ठूलो देखिने गर्छ । अंग्रेजी भाषामा ब्लू मूनभन्दा नीलो रङ्गको चन्द्रमा भन्ने अर्थ लाग्छ तर ब्लू मून भनिने खगोलीय प्रकृयाको निलो रङ्गसँग कुनै सम्बन्ध छैन । सुपर ब्लू मूनमा चन्द्रमा निलो रङ्गको देखिँदैन ।
सामान्य बेलामा भन्दा भिन्न देखिने र त्यो प्रकृया दुर्लभ हुने हुँदा त्यस्तो अवस्था जनाउनलाई मात्र ब्लू मून भनिएको हो । हरौं असामान्य देखिएको चन्द्रमाको फरक फरक स्थानबाट दिइएका तस्बिरहरू ।
तर उत्तरी इङ्ग्ल्याण्डको लिड्समाथि चन्द्रमा फिक्का देखिएको थियो
यो बीबीसीको सहयोगमा तयार पारिएको सामग्री हो ।
प्रतिक्रिया दिनुहोस