बाँदरको परिवार नियोजन गर्ने आरजु राणाको प्रस्ताव
- नेचर खबर
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले बाँदर नियन्त्रणका लागि परिवार नियोजन गरिनुपर्ने बताएकी छन्।
बाँदर र बँदेल संरक्षण गर्नुपर्नेमा आफू पनि रहेको उल्लेख गर्दै राणाले मानिसले नै खान नपाउने गरी संरक्षण गर्नु फाइदाजनक नहुने तर्क गरेकी हुन्। ‘बँदेल मानिसले खान्छन्, बाँदर नखालान्। बाँदरलाई परिवार नियोजन गरे हुने रहेछ। भारतको हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ,’ समितिको बैठकमा बोल्दै उनले भनिन् ।
बाँदर र बँदेल नियन्त्रण गर्न नसक्दा बाली भित्र्याउन किसानहरूले नपाएको उनको भनाइ थियो। समितिको बैठकमा सांसदहरूले बाँदर र बँदेलले बाली नोक्सान पुर्याउँदा किसानहरू समस्यामा रहेको बताएका थिए।
प्रतिक्रिया दिनुहोस