सोसल वर्क डेका १० फोटो



दिगो वातावरणीय व्यवस्थापन र समुदायको शशक्तिकरण भन्ने नाराका साथ आज सोसल वर्क डे मनाइएको छ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा मनाइएको सोसल वर्क डे कार्यक्रममा ७ हजार बढिको उपस्थिती रहेको थियो । नेपालमा विगत दुइवर्ष देखी पेशागत पहिचानको लागि सबै मिलेर एक साथ सोसल वर्क डे मनाउन थालिएको छ ।



कार्यक्रमा त्रिभिुवन विश्वविध्याालयका समाजिक कार्यका संयोजक टिका राम गौतमले भने, ‘समाज विकास गर्नका लागि सामाजिक कार्य अध्ययनरत विद्यार्थीको ठुलो भुमिका रहन्छ । त्यो स्रोत जुटाउन त्रिविले ठुलो जिम्मेवारी बहन गरेको छ ।’ गौतमले यो विषयलाई नेपालमा स्थानीय तह देखि केन्द्रीय तह सम्म विकास गर्ने र भोलिको नेपाली समाजको लागि गम्भिर विषय रहेको समेत बताए ।



त्यसैगरी कार्यक्रमको राष्ट्रिय सयोजक प्रतिक शर्मा लामिछानेले नेपालमा भुकम्प गएको समयमा समाजिक कार्य विषय पठनपाठन गर्नेले गरेको महत्व र यसको आवश्यकता समाजले पनि बुझ्दै गएकाले यसको भविष्य राम्रो रहेको जानकारी दिए ।
कार्यक्रमका सभापति सरोज बिक्रम गिरीले समाजिक कार्य विषयलाई अध्ययन अध्यापन गराएर नेपालका विभिन्न सरकारी तथा निजी कलेज निकै ठूलो भूमिका खेलेको बताए । उनले भने, ‘सरकारले समाजिक कार्य विषयको महत्वलाई बुझ्दै लाइसेन्सको व्यवस्था सरकारले गर्नु पर्ने आजको आवश्यकता रहेको छ ।’



साथै कार्यक्रममा सामाजिक कार्य शैक्षीक र पेशागत क्षेत्रमा पुर्याएको बिशेष योगदानको कदर गर्दै सामाजिक कार्य स्नातकोत्तर कार्यक्रम त्रिभुवन विश्वबिद्यालयका संस्थापक संयोजक सह प्राध्यापक डा. मृगेन्द्र बहादुर कार्की र प्रथम सामाजिक कार्य बिषयमा स्नातकोत्तर गर्ने नेपाली डा. डिल्लीराम अधिकारीलाई सम्मान गरिएको छ ।



पानी दिवस र सोसल वर्क डेको अवसर पारेर रक्तदान कार्यक्रम गरिएको थियो । रक्तदान संयोजक प्रज्वल मान प्रधानका अनुसार ५०जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा समाजिक कार्य अध्ययन गर्ने विद्यार्थीहरुले आफैँ फुड स्टल समेत राखेका थिए । यसरी भएको आम्दानीलाई अनाथ बाल बच्चालाई सहयोग गर्ने विद्यार्थी अञ्जली विडारीले बताइन् । कायक्रममा रक्तदान, स्वास्थ्य परिक्षण, फुड स्टल लगायत विभिन्न ६२ स्टल राखिएको थियो ।



नेपालको पहिचान झल्कने नृत्य, समाजिक जनचेतनामुलक ३२ ओटा अन्य प्रस्तुतिहरु प्रस्तुत भएका थिए ।



नेपालमा सामजिक कार्य दिवस दुईवर्ष विभिन्न अध्यापनसंस्था मिलेर मनाउन थालिएको छ । विश्वमा पहिलो पटक सोसल वर्क डे २००७ मा मनाइएको थियो ।



नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics