चिडियाखानाका वन्यजन्तु ‘आरामसाथ निदाउन थाले’

काठमाडौं – ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफुले सदर चिडियाखानाका वन्यजन्तु आरामसाथ निदाउने वातावरण बनाएको दाबी गरेका छन् ।

शुक्रबार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहमा बोल्दै उनले भने, ‘वन्यजन्तुलाई पनि आराम गर्ने समय चाहिन्छ नि, म मेयर भइसकेपछि, जावलाखेलको चिडियाघरभन्दा बाहिर ठूलो ठूलो कन्सर्टहरू हुन्थ्यो मध्यरातसम्म, बाघभालुलाई सुत्नै डिस्टर्ब हुने गरी । तसर्थ, मैले त्यो बन्द गरिदिएँ,’ उनले थपे, ‘अहिले बाघभालु आनन्दसँगले सुतिरहेका छन् ।’

उनले चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउन यो वर्ष सटल बस राख्ने पनि बताएका छन् । उनले महानगरपालिकामा धेरै सुधार गर्न बाँकी रहेको भन्दै सहकार्य गर्न आफूहरू तयार रहेको बताए ।

मेयर महर्जनले भने, ‘यसपटक चिडियाखानामा बालबालिका, वृद्धवृद्धालाई घुमाउनका लागि एउटा सटल बसको पनि व्यवस्थापन गर्न गइरहेका छौँ । यसमा सुधारका धेरै आयमहरू छन् । त्यसमा ललितपुर महानगरपालिका सहकार्य गर्न इच्छुक र तयार छ ।’ उनले ललितपुर महानगरलाई आउँदो दुई वर्षभित्र नमुनास्तरको बनाइने पनि बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics