बादललाई बुझौं

सन्दर्भ :विश्व मौसम दिवस २०१७ -

फाइल तस्वीर : एजेन्सी

कुहिरो किन लाग्छ ? कुहिरो वा बादल भनेको के हो ? धेरैको जिज्ञाशा हुन सक्छ । विश्व मौसम दिवस २०१७ को मूल नारा यो पटक बादललाई बुझौं रहेको छ । बादल मौसम प्रणालीको महतवपूर्ण पक्ष हो । त्यसैले बादल के हो कसरी लाग्छ, बुझौं । 


कुहिरो वास्तवमा एक खाले बादल हो । बादल जमिनको सतहभन्दा धेरै माथि आकाशमा लाग्छ भने कुहिरो तल सतहसँग जोडिएर लाग्छ । बादल र कुहिरो दुबै पानीका असंख्य सूक्ष्म कणहरू एकसाथ हावामा झुण्डिएर रहँदा बन्ने गर्छन् ।


 हाम्रो घरबाहिर खुल्ला ठाउँमा रहेको हावामा पानीका सूक्ष्म कणहरू घुलिएर रहेका हुन्छन् । जसरी पानीमा नून वा चिनी घुलिएर रहँदा देखिने हुँदैन त्यसरी नै हावामा पानीका सूक्ष्म कणहरू घुलिएर रहँदा पनि देखिने हुँदैन । हावाको एउटा स्वभाव के छ भने यसले यसको तापमान अनुसार खास मात्रामा पानीका सूक्ष्म कणहरू आफूमा घोल्ने क्षमता राख्दछ । हावामा तापमान जति मात्रामा बढ्छ त्यही अनुपातमा यसले पानीका बढी कणहरू आफूमा घोल्ने क्षमता ग्रहण गर्दछ । अर्थात् बढी तापमान बढी घोल्ने क्षमता , कम तापमान कम घोल्ने क्षमता हुन्छ ।त्यसैले गर्मीयाममा भन्दा जाडोयाममा हावाले आफूमा पानीको कम मात्रामा मात्र कणहरू घोल्ने क्षमता राख्दछ । किनकि गर्मीयामको तुलनामा जाडोयाममा हावा धेरै चिसो हुन्छ । स्मरणीय के छ भने ग्लासमा रहेको पानीमा नून वा चिनीको मात्रा घोल्दै जाँदा एउटा बिन्दुमा पुगेपछि ती बस्तुहरू घुल्न छोड्छन् । र , नघुलिएको नून वा चिनीको भाग पानीमा आँखाले देखिने हुन्छन् । नून वा चिनी पानीमा जुन मात्रासम्म घोलिँदा देखिने हुँदैन त्यो मात्रासम्मको घोललाई संतृप्त घोल भनिन्छ ।


हावा र पानीको घोलमा पनि पानी घुलिन सक्ने अधिकतम बिन्दुसम्मको घोललाई संतृप्त घोल भनिन्छ । त्यसैले गर्मीयाम र जाडोयाममा हावा र पानीको संतृप्त घोल बन्ने बिन्दु फरक फरक हुन्छ । गर्मीयाममा भन्दा जाडोयाममा हावा र पानीको संतृप्त घोल बन्ने बिन्दु धेरै तल हुन्छ । अर्थात् जाडोयाममा थोरैमात्र पानीका कणहरू घुलिंदा पनि पानी र पानीको संतृप्त घोल बन्छ ।जाडोयाममा घाम छड्के पर्ने हुँदा जमिन गर्मीयाममा भन्दा चिसो हुन्छ । राती आकाशमा बादल लाग्दैन भने दिउँसो घामले गर्दा अलि अलि तातेको जमिनको ताप पनि बिकिरणबाट आकाशमा फर्कन्छ । र, बिहान जमिन अत्यन्त चिसो हुन्छ । यसले गर्दा जमिनसँग सर्म्पर्कमा रहेको हावाको एक तह पनि चिसिन पुगी त्यसले पानीका कणहरू आफूमा घोल्न सक्ने क्षमता पहिलेभन्दा गुमाउन पुग्छ । यस्तो हुँदा हावामा घुल्न नसक्ने पानीका कणहरू हावाबाट छुट्टिएर हावामा झुण्डिएर रहन पुग्छन् । र , त्यसले कुहिरोको रूप लिन पुग्छ । यदि हावा धेरैभन्दा धेरे चिसो भई हावाले आफूमा रहेका अत्यधिक मात्राको पानीका कणहरूलाई कुहिरोमा परिणत गर्छ भने बाक्लो कुहिरो लाग्छ । र , त्यस अवस्थामा सूयॅको प्रकाश जमिनसम्म पुग्न गाह्रो भई धेरै दिनसम्म घाम नलाग्ने हुनसक्छ ।


विज्ञान संसारबाट

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics