बाजुराको जुगाडा केन्द्रबिन्दु भएर भूकम्प
- नेचर खबर

काठमाडौं– बाजुरा जिल्लाको जुगाडा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ चार बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।
पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस