ताप्लेजुङमा २४ घण्टामा ३०.२ मिलिमीटर वर्षा, वन र किसानलाई राहत

ताप्लेजुङ - विगत २४ घण्टामा ताप्लेजुङमा ३०.२ मिलिमीटर वर्षा भएको छ । यो वर्षाले वनमा लागेको डढेलो नियन्त्रणमा सहायता मिलेको छ भने स्थानीय किसान समेत हर्सित् भएका छन् ।

ताप्लेजुङ मौसम फिल्ड कार्यालयका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशमा साधारणदेखि अधिकांश बदली रहेको छ ।

हाल कोशी प्रदेश र मधेश प्रदेशको पूर्वी भू–भागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics