रंगहरूको पर्व होली आज तराईमा मनाइँदै

काठमाडौं - रंगहरूको पर्व होली तराईका जिल्लाहरूमा आज मनाइँदै छ । असत्यमाथि सत्यको विजयको प्रतिकका रुपमा यो पर्व मनाउने गरिन्छ ।

हिँजो काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आपसी सद्भाव, उत्साह र हर्सोल्लासका साथ मनाइएको थियो । होलीको अवसरमा राजधानीलगायत मुख्य शहरहरूमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

आज तराईका विभिन्न ठाउँहरूमा होलीका कार्यक्रम आयोजना गरिएको छ । तराईका जिल्लाहरू धनुषा र महोत्तरीमा भने भोलि र पर्सि मनाइने भएको छ ।

तराई-मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली मनाउने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट मात्रै मनाउने गरिएको छ ।

कतिपयले मंगलबार माछामासु नखाने हुँदा बुधबारसमेत होली मनाउने तयारी गरेका हुन्।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics