हुरीसहितको वर्षाले घर भत्किँदा दाङमा १ जनाको मृत्यु

दाङ - दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एक जनाको मृत्यु भएको छ ।

आज साँझ ८ बजेतिर हुरीले घर भत्किँदा तुलसीपर उपमहानगरपालिका-१२ रझेनीमा ७० वर्षीय भगवान् खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

टिनले छाएको एक कोठे घरमा घत्रीसँगै रहेकी उनकी श्रीमतीले भने भागेर ज्यान जोगाएकी हुन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics