पशुपति क्षेत्रको भण्डारखाल बगैँचामा वृक्षरोपण

काठमाडौँ - विश्व वातावरण दिवसका अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको भण्डारखाल बगैँचामा विभिन्न जातका एक हजार ५०० बिरुवा रोपिएको छ ।

पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिका–८ को संयुक्त आयोजनामा कपुर, समी, असारेलगायत जातका एक हजार पाँच सय बिरुवा रोपिएको हो ।

सो अवसरमा कोषका सदस्य सचिव डा मिलनकुमार थापाले मानव कल्याणका लागि प्रकृतिको संरक्षण गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरे । प्रकृतिको संरक्षणका लागि प्रत्येक व्यक्तिले प्रत्येक वर्ष कम्तीमा एउटा बिरुवा रोपेर हुर्काउनुपर्नेमा उनले जोड दिए ।

काठमाडौँ–८ का वडाध्यक्ष आशामान सँगतले पशुपति क्षेत्रका अन्य खुला स्थानमा पनि वृक्षरोपणका लागि बिरुवा उपलब्ध गराउने प्रतिबद्धता जनाए । आज रोपिएका सबै बिरुवा वडा कार्यालयले उपलब्ध गराएको कार्यक्रममा जानकारी गराइएको थियो ।

वृक्षरोपण कार्यक्रममा कोषका पदाधिकारी एवं परिषद् सदस्यलगायत कर्मचारी वडा कार्यालयका जनप्रतिनिधि एवं कर्मचारी, महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुखलगायत प्रहरीको उपस्थिति रहेको थियो । रासस

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics