नेपालमा बाढी प्रतिरोधी विषयमा ज्ञवालीले गरे पीएचडी

काठमाडौं – बाढीको प्रतिरोधात्मकता विषयमा नारायण ज्ञवालीले कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुर, चितवनबाट पीएचडी गरेका छन् ।

उनको पीएचडी अनुसन्धान ‘विकास अभ्यासमा बाढीको प्रतिरोधात्मकता मापनः नारायणी नदी बेसिन, नेपालमा सामुदायिक कार्यहरूको विश्लेषण’ बारे छ । यो अनुसन्धानको उद्देश्य नेपालको ग्रामीण परिवेशमा बाढीको जोखिममा रहेका समुदायहरूको बाढी प्रतिरोधी क्षमता र कारकहरू मापन गर्नु रहेको ज्ञवाली बताउँछन् ।

उनले बाढीपहिरोका प्रभावहरूका लागि पूर्वतयारी, प्रतिक्रिया र अनुकूलनका लागि सामुदायिक कार्यहरू र यी कार्यहरूले कसरी सामुदायिक लचिलोपनलाई बलियो बनाउँछ भन्नेबारे अनुसन्धान गरेका छन् ।

उनले पहिले नै पहिलो लेखकको रूपमा पाँच समीक्षक समीक्षा वैज्ञानिक पेपरहरू र पुस्तकको एक अध्याय प्रकाशित गरिसकेका छन् । उनका अन्य शैक्षिक डिग्रीहरू बाहेक, दुईवटा मास्टर डिग्री छ । हाल डा. ज्ञवाली लुथरन वर्ल्ड रिलिफमा नेपाल कार्यक्रम निर्देशकका रूपमा कार्यरत छन् ।

उनले भर्खरै विकास अभ्यास र भारत–नेपाल सीमावर्ती पूर्व चेतावनी प्रणालीमा बाढी प्रतिरोधात्मकता मापन गर्ने बारे पनि अनुसन्धान गरेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics