पहिरोमा परी कास्कीमा एकै घरका छोरी/ज्वाइँसहित ७ जनाको मृत्यु

पोखरा - अविरल वर्षाका कारण आएको पहिरोमा परी कास्कीमा एकै घरका छोरी/ज्वाइँसहित ७ जनाको मृत्यु भएको छ ।

हिजो राति सवा १० बजे पोखरा- १९ पुरुन्चौर तल्लोकोटका कुलबहादुर परिवार, उहाँका छोरी/ज्वाइँसहित पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए।

डीएसपी शर्माका अनुसार ४६ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार, छोरी १५ वर्षीया प्रशना परियार, चितवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियारको मृत्यु भएको हो । उनका अनुसार कास्कीका ३ ठाउँमा गएराति पहिरोमा परी ८ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।

नेपाल प्रहरीसहित सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा खोजी तथा उद्धार कार्य भई रहेकाले घटनाको थप जानकारी केही समय पश्चात् आउने प्रहरीले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics