झापाको बिरिङ र अदुवामा बाढीको खतरा

झापा – पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको निन्दा खेलामा पानीको सतहले खतरा तह पार गरेको छ।

बिहीबार बिहान साढे ७ बजे त्यहाँ पानीको तह १२५ दशमलव ७८६ मिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको हो।

त्यहाँ पानीको सतह १२२ दशमलव ५ मिटर कटेपछि खतरा तह मानिन्छ।

झापाको शनिश्चरे वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा राति भारी वर्षा भएकाले सो क्षेत्र भएर बहने बिरिङ, अदुवा र अन्य साना खोलामा बाढी आउन सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics