कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशभर साधरणतया बदली रहेको छ भने बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। मधेश प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics