५ प्रदेशका ३४ जिल्लामा बाढी, पहिरो र डुबानको उच्च जोखिममा, सतर्क रहन आग्रह

फाइल तस्बिर ।

काठमाडौं – मंगलबार र बुधबार पाँच प्रदेशका ३४ जिल्ला बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको मौसमविद्ले बताएका छन्। मधेश र कर्णालीका जिल्लाहरु भने उच्च जोखिममा छैनन्। यस्तै ३६ जिल्ला मध्यम जोखिममा र ७ जिल्ला निम्न जोखिममा रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन सक्रिय भएकाले कोशी प्रदेशका ४, बागमतीका ६, गण्डकीका ९, लुम्बिनीका १० र सुदूरपश्चिमका ५ वटा जिल्ला बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशीका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्थुम, बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा, गण्डकीको म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लम्जुङ र गोरखा जिल्ला उच्च जोखिममा छन्।

यस्तै लुम्बिनीका कपिलवस्तु, रुपन्देशी, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्यूठान र अर्घाखाँची तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी जिल्ला उच्च जोखिममा छन्।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics