बाजुराको कुवाडी नदी थुनियाे, सतर्कता अपनाउन आग्रह

काठमाडाैं – बाजुराको हिमाली गाउँपालीका २ को कुवाडी नदी थुनिएको छ । कुवाडी नदी नजिकैबाट पहिरो गएका कारण नदी थुनिएको हो । पहिरो खसेलगत्तै नदीमा पानीको सतह घटेको र हिजो दिउँसोदेखि भने सामान्य अवस्थामा पानी बग्न थालेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

तर पानी सञ्चित भएर बसेको हुन सक्ने र कमजोर चट्टान भएमा एक्कासी पहिरो खोलिँदा तल्लो तटीय क्षेत्रमा नदीको जलसतह एक्कासी बढ्न सक्ने भएकाले बाजुराको तटीय क्षेत्रमा बस्नेहरुलाई आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ ।

स्थानीय प्रशासनले पनि कुवाडी नदी र कर्णाली नदीको आसपास क्षेत्रमा कुनै पनि समयमा पहिरो सहित पानीको बहाब बढ्न सक्ने भएको हुँदा नदी आसपासका बस्तीहरुमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics