कञ्जचनजंघा क्षेत्रको पुल भत्किएपछि झुण्डाइयो तुइन, ताप्लेजुङका सांसदले गुहारे सरकार

विराटनगर – ताप्लेजुङबाट निर्वाचित प्रदेश सांसद खगेन सिं हाङ्गामले कञ्चनजंघा हिमाल जाने बाटोमा पर्ने झोलुंगे पुल भत्किएकाले चाँडै निर्माण गरी पर्यटक र स्थानीयलाई आवत–जावतमा सहज बनाउन प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गरेका छन् ।


बुधबार बसेको प्रदेश संसद् बैठकमा समय लिएर बोल्दै उनले केही दिन अघिको पहिरोले ताप्लेजुङको कञ्चनजंघा हिमाल जाने बाटोमा पर्ने फक्ताङ्लुङ गाउँपालिका –६ स्थित जापानटार र लामाटार जोड्ने झोलुंगे पुल भत्काएकाले उक्त स्थानमा चाँडै पुल निर्माण गरी आवत–जावत सहज बनाउन आग्रह गरेका हुन् ।


पर्यटकको आगमन हुने समय सुरु भइसकेको र दैनिक ९ सयदेखि एक हजार सम्म पर्यटक उक्त मार्ग भएर कञ्चनजंघा हिमालका साथै अन्य पर्यटकीय क्षेत्र जानेहुँदा चाँडै यो काम गर्नुपर्ने उनको भनाई थियो ।

‘यो जिल्लाको पर्यटकीय क्षेत्र जाने मुख्य मार्ग हो । यो बाटो भएर दैनिक हजार बढी पर्यटक ओहोरदोहार गर्छन् भने दुई हजार बढी स्थानीयले पर्यटन पेशामा लागेर रोजगार पाएका छन्,’ उनले तथ्य प्रस्तुत गर्दै भने, ‘तर, पुल भत्किँदा सबै समस्यामा परेका छन् । गाउँपालिकाले तुईन बनाएको छ । तर, त्यो जोखिमपूर्ण रहेकाले घुमेर जाँदा धेरै समय लाग्छ । चाँडै पुल निर्माणमा सरकारले पहल गरोस् ।’


सांसद हाङ्गामका अनुसार यो स्थानको पुल बगाएपछि गाउँपालिकाले अहिले तुईन बनाएर आवत जावत गराउने व्यवस्था मिलाएको छ । तर, उक्त तुईन पनि जोखिमपूर्ण रहेकाले घुमेर जाँदा स्थानीयलाई कम्तिमा ३ घण्टा र पर्यटकलाई ५, ६ घण्टा सम्म लाग्ने अवस्था छ ।


यो मार्ग हुँदै लामाटार, आम्जीलेसा, ग्याब्ला, फले र घुन्सा हुँदै कञ्चनजंघा बेसक्याम्प जान सकिन्छ । पुल भत्किएपछि त्यस भन्दा माथिल्यो क्षेत्रमा बस्ने स्थानीय पनि समस्यामा परेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics