आजको मौसम : केही प्रदेशमा वर्षा, केहीमा हुँदै सुधार

काठमाडौं - हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा छ ।

आज दिउँसो, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भू-भागमा पनि आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भु-भागका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

यसैगरी, आज राति कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics