कोशी प्रदेश पर्यटकीय दृष्टिकोणले अत्यन्तै उर्वर : मुख्यमन्त्री कार्की

विराटनगर - भौगोलिक, सामाजिक, सांस्कृतिक तथा जैविक विविधताले भरिपूर्ण कोशी प्रदेश पर्यटकीय दृष्टिकोणले अत्यन्तै उर्वर प्रदेश रहेको मुख्यमन्त्री हिक्मत कार्कीले बताएका छन्। नेपालकै होचो क्षेत्र झापाको केचनाकबलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासहित १० अग्ला हिमालमध्ये ५ वटा कोशी प्रदेशमा रहनुले पनि कोशी प्रदेशको सम्भावना उच्च रहेको उनकाे भनाइ छ ।

मुख्यमन्त्री कार्कीले भने, “विश्वको सर्वोच्च शिखर सगरमाथासहित १० अग्ला हिमाल मध्ये ५ वटा मकालु, लोत्से, कञ्चनजंघा र कुम्भकर्ण हिमालले विश्वका पर्यटकहरुको ध्यान आकृष्ट गरेको छ । पाथिभरा, बराहक्षेत्र र हलेसी, खुवालुङदेखि माङ्सेबुङ, फक्ताङ्लुङ, तुवाचुङ, जायजुङ जस्ता ऐतिहासिक र धार्मिक सम्पदाहरुले हाम्रो सामाजिक र धार्मिक विविधतालाई उजागर गरेको छ ।”

पर्यटन प्रर्वद्धन गरी हाम्रो राष्ट्रिय पूँजी विकास गरेर “संवृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकांक्षालाई पुरा गर्न सकिने उनले बताए मुख्यमन्त्री कार्कीले पर्यटन प्रर्वद्धनका लागि कोशी प्रदेश सरकारले स्थापनाकाल देखि नै काम गरिरहेको बताउँदै भने, “यसका लागि प्रदेशको श्रोत र साधनले भ्याएसम्म पर्यटकीय गन्तव्यहरुको निर्माण गर्ने र प्रचार प्रसार गर्ने काम पनि सुरु गरेको छ ।”

उनले संघीय सरकार र स्थानीय सरकारहरुसँगको समन्वय र सहकार्यमा प्रदेशको पर्यटनलाई अगाडि बढाउन चाहेको उल्लेख गर्दै पर्यटन प्रर्वद्धन नीजि क्षेत्रको साझेदारी र हातेमालो बिना सम्भव नरहेको बताए । कोशी प्रदेशको संवृद्धिका लागि पर्यटन विकासमा अगाडि बढ्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरे । “पर्यटन न्याय र शान्ति” भन्ने मुल नाराका साथ आज विश्व पर्यटन दिवस मनाइँदै छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics