ताप्लेजुङको पर्यटन विकास र केबलकार निर्माणका विषयमा काठमाडौंमा वृहत् अन्तरक्रिया आज

काठमाडौं – ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले आज ‘ताप्लेजुङको पर्यटन प्रबर्द्धन तथा विकास निर्माणका सम्बन्धमा केन्द्रित वृहत् अन्तरक्रिया’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

पर्यटन दिवसको अवसर पार्दै काठमाडौंमा दिउँसो ३ः३० बजेबाट करिब ३ घण्टा केन्द्रित वृहत् अन्तरक्रिया गर्ने सरोकार केन्द्रका महासचिव अशोकप्यासी राईले जानकारी दिए ।

कार्यक्रम प्रतिनिधीसभाका सभामुख देवराज घिमिरेको प्रमुख आथित्यतामा गर्न लागिएको र उक्त कार्यक्रममा संघीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, सुरक्षा निकायका प्रमुख, जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, प्रमुख सचिवका साथै सरोकारवालाहरूको सहभागिता रहनेछ ।

सिल्भर ओक व्यांक्वेट, बालुवाटार, काठमाडौंमा समयमै सुरु हुने कार्यक्रममा ताप्लेजुङको पर्यटन विकासमा भइरहेका काम, गर्न सक्ने सम्भावना र चुनौंतिका साथै पाथीभरामा निर्माण हुन लागेको केबलकारका विषयमा केन्द्रित रहेर अन्र्तक्रिया हुने केन्द्रका अध्यक्ष बलबहादुर तामाङले जानकारी दिए ।

‘ताप्लेजुङ जिल्ला धार्मिक, सांस्कृतिक, जलश्रोत तथा पर्यटकीय दृष्टिले ठूलो सम्भावना बोकेको सुन्दर हिमाली जिल्लाका रूपमा परिचित छ । तर, हुनुपर्ने विकास भने हुन सकिरहेको छैन । गर्न लागेका कामहरूमा विभिन्न अवरोध आउने गरेका छन् । हामी आजको छलफलमा कहाँ समस्या छ ? कहाँ चुनौती छ र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेर निचोड निकाल्नेछौं,’ उनले भने ।

आजको कार्यक्रममा पाथीभरामा केबलकार निर्माण गर्ने कम्पनी र त्यहाँ अवरोध गर्दै आन्दोलन गर्ने पक्ष दुबैको तर्फबाट कार्यपत्र प्रस्तुत गर्ने र छलफल गर्ने समेत कार्यसूचि रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics