वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु हुनेको संख्या ४० पुग्यो
- नेचर खबर
ललितपुर - ललितपुरमा वर्षाजन्य विपद्मा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ । आज बिहान थप ६ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले आज दिएको जानकारी अनुसार विपत्तिको खोज तथा उद्धारका क्रममा सोमबारसम्म ३४ जनाको र आज बिहानसम्म छ जना गरी हालसम्म ४० जनाको शव फेला परेको हो ।
फेला परेका शवमध्ये १७ जनाको शव पोष्टमार्टम भई आफन्तले बुझेर लगेको सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी गराइन् ।
प्रतिक्रिया दिनुहोस