जलवायु परिवर्तनको असरले सबैभन्दा बढी पीडित हामी छौं : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनको सबै भन्दा बढी असर नेपाललाई परेकाे बताएका छन् । शनिबार राष्ट्रिय जलवायु सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

'जलवायु परिवर्तनको असरले हामी सबैभन्दा बढी पीडित हौं,' उनले भने, 'बिगार्ने हामी होइनौं ।' जलवायु परिवर्तनका बारेमा नेपालले सशक्त आवाज उठाउनेमा लिड गरेको प्रधानमन्त्री ओलीले दाबी गरे।

समुद्री सतह बढ्नु र हिमालहरु पग्लन थाल्नु अहिलेको ठूलो समस्या भएको उनको भनाइ छ । उनले थपे, ' यसको कारण कार्बन उत्सर्जन हो । यसलाई कमी गर्नुपर्छ । कार्बन उत्सर्जनमा हाम्रो भूमिका छैन । हाम्रो हिमाल जस्तो थियो त्यस्तो राख्नु पर्छ ।'

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics