वातावरणीय लेखापरीक्षणलाई अनिवार्य बनाउन सुनिता बरालको सार्वजनिक महत्वको प्रस्ताव
- नेचर खबर
काठमाडौं - नेकपा एमाले संसदीय दलका सचेतक सुनिता बरालले संसदमा प्रमुख पाँच दलका सांसदको समर्थनमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र प्रारम्भिक वातावरणीय परीक्षण (आईई)सँग सम्बन्धित जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गराएकी छन् ।
प्रस्तावको समर्थकमा एमालेकै सांसद ठाकुरप्रसाद गैरे, नेपाली कांग्रेसका सांसद प्रतिमा गौतम, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सचेतक सांसद निशा डाँगी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सचेतक सांसद वीना लामा रहेका छन् ।
नेपालमा पर्यावरण कानूनको संरचना भए पनि वातावरणीय लेखापरीक्षणमा कानूनी संरचना नरहेको र यसले गर्दा वातावरणीय लेखापरीक्षणलाई कानूनी रुपमा अनिवार्य बनाउन आवश्यक रहेको भन्दै जरुरी प्रस्ताव दर्ता गरिएको प्रस्तावमा उल्लेख छ । दिगो विकास र वातावरणीय संरक्षणको सिद्धान्तमा आधारित संरचनाको आवश्यकता तत्कालै देखिएको र जसमा वातावणीय संरक्षण र आर्थिक विकासबीच सन्तुलन कायम राख्न र उद्योगको सुनिश्चित गर्न कानूनी संरचना निर्माण गर्नु अत्यावश्यक रहेको प्रस्तावमा उल्लेख छ ।
प्रस्ताव (पूर्णपाठ)
वातावरणीय-लेखापरीक्षण
प्रतिक्रिया दिनुहोस