आज यी स्थानमा वर्षा र हिमपात
- नेचर खबर
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाउको छ। तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागिरहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
आगामी २४ घन्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस