सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प, सिन्धुपाल्चोकमा एक कैदी घाइते
- नेचर खबर

काठमाडौं । शुक्रबार बिहान काठमाडौंसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ। एक बिहानै भूकम्पको शक्तिशाली धक्का महसुस भएसँगै सर्वसाधारण त्रसित बनेका थिए।
राष्ट्रिय मापन केन्द्रले बिहान २:५१ मा ६.१ म्याग्निच्युडको भूकम्प गएको जानकारी दियो। भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास क्षेत्र भएको बताइएको छ। भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भइसकेको छैन।
यसअघि गत पुष ५ मा बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि पनि चार म्याग्निच्युडभन्दा माथिका एक दर्जन हाराहारीमा भूकम्प गइसकेका छन् ।
यसैबिच, भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घााइते भएका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले दिएको जानकारी अनुसार भूकम्पपछि आत्तिएर भाग्न खोज्दा कारागारभित्रै लडेर उनी घाइते भएको र उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।
उनको व्यक्तिगत परिचय भने आफुकहाँ आइनसकेको प्रमुख जिल्ल अधिकारी थापाले रातोपाटीलाई बताए । उनले शक्तिशाली भूकम्पको धक्का महसुस गरिएपनि थप भौतिक वा मानवीय क्षतिको विवरण आइनसकेको बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी थापाले विपदपछिको उद्धारलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको टोली तयारी अवस्थामा रहेको र आवश्यकता अनुसार फिल्डमा खटिने जानकारी दिए ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । यस्तै, भूकम्पको धक्का काठमाडौंसहित देशका विभिन्न स्थानमा महसुस भएको जानकारी प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस